सिलगढी: आगामी २१ फरवरीको दिन उत्तर बंगालको भ्रमणमा मुख्यमन्त्री ममता ब्यानर्जी आउने भएकी छन्। यस अवधि मुख्यमन्त्रीले सिलगढीमा एउटा जनसभाको आयोजना गर्ने भएको छ। तथापि मुख्यमन्त्रीको कार्यक्रम अनि जनसभालाई लिएर हालसम्म कुनै प्रकारको आधिकारिक घोषणा गरिएको छैन। यसैबीच, मुख्यमन्त्रीको उत्तर बंगाल भ्रमणको ठीक अघि आज बुधवार सिलगढीमा एउटा प्रशासनिक बैठक गरियो। सिलगढीको पीडब्ल्यूडी इन्सपेक्शन बंग्लोमा सम्पन्न भएको बैठकमा आज पुलिस प्रशासनका अधिकारीहरू, जिल्ला अधिकारी, सिलगढीका मेयर गौतम देव,सिलगढी महकुमा शासक, सिलगढी महकुमा परिषद सभाधिपति लगायत अन्य विभागीय पदाधिकारीहरू पनि उपस्थित थिए।