दुइजना व्यक्ति लाखौं रुपियाँको गाँजासहित पक्राउ

5079.jpg

राजगञ्ज: ३० किलो गाँजासहित दुइजनालाई फुलबारीको सिपाही पाडा नजिकैको तुन बजार क्षेत्रबाट मंगलबार एनकेपी पुलिसले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा क्रमैले कृष्ण दास र तारकेश्वर नाथ रहेको छ। तारकेश्वर महाराष्ट्रको अनि कृष्ण दास सिलगढीका निवासी हुन्। पुलिस सूत्र अनुसार गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा फुलबारी नयाँ बजार क्षेत्रमा दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरी खोजी गर्दा उनीहरुको स्कुटीबाट गाँजा उद्धार भएको थियो। कुचबिहारबाट उक्त गाँजा सिलगढीमा ल्याइएको थियो। उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लगभग ३ लाख रूपियाँ रहेको छ। पक्राउ परेकाहरुलाई आज जलपाईगढी जिल्ला अदालतमा पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement