डब्ल्यूपीएल-को निम्ति आरसीबी महिला टीमको मेण्टर बनिन् सानिया मिर्जा

IMG-20230215-WA0264.jpg

१५ फरवरीः रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-ले सदा साहसिक खेल देखाएको छ, जसमा प्रतिष्ठित खेलाड़ीहरूको आफ्नो टीमको अगुवाई गर्छन्। आरसीबी-ले यसपाली महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-को निम्ति भारतीय टेनिस स्टार सानिया मिर्जालाई टीमका मेण्टरको रूपमा सामेल गरेको छ। ६ पल्टकी ग्राण्ड स्ल्याम विजेता सानिया आरसीबीको प्ले बोल्ड स्लोगानमा एकदम फीट छिन्। मेण्टरको रूपमा सानियाको नियुक्तिमाथि आरसीबी-का प्रमुख तथा उपाध्यक्ष राजेश भी मेननले भने, हामी सानिया मिर्जालाई आरसीबी महिला टीमकी मेण्टरको रूपमा स्वागत गर्दै खुशी र सम्मानित अनुभव गरिरहेका छौं। उनी आफ्नो खेल करियरमा धेरै चुनौतीपछि पनि आफ्नो कठोर मेहनत, जोश र दृढ़संकल्पको साथ हासिल गरेकी सफलताले एकजना आदर्श रोल मोडल हुन्। पद्म भूषण, अर्जुन पुरस्कार र मेजर ध्यानचन्द खेल रत्नले सम्मानित सानियाले आरसीबी टीममा मेण्टरको रूपमा आफ्नो नयाँ भूमिकाबारे भनिन्, आरसीबी महिला टीममा मेण्टरको रूपमा सामेल हुनु मेरो निम्ति खुशीको कुरा हो। भारतीय महिला क्रिकेटले महिला प्रीमियर लीगको साथ एउटा महत्त्वपूर्ण बद्लाउ देखेको छ। यस क्रान्तिकारी पीचको हिस्सा बन्ने मौका पाएर म धेरै खुशी छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement