सिलगढी: आईएनटीटीयूसी डबग्राम फूलबारी समितिले दृष्टिविहीनहरूका लागि मरणोपरान्त नेत्रदान शिविर आयोजना गर्न लागेको छ। आईएनटीटीयू डबग्राम फुलबारी ब्लक कमिटीका अध्यक्ष सुकान्त कारले बुधबार साँझ ५ः३० बजे फुलबारीस्थित इन्टिच्युक नम्बर २ कार्यालयमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। उनले आजैदेखि यो कार्यक्रमको प्रचारप्रसार सुरु गरेको बताए। यो शिविर २६ फेब्रुअरीमा सिलगढीको फुलबारी बटाला मोड क्षेत्रमा आयोजना हुनेछ।