उत्तर दिनाजपुर: इस्लामपुर जिल्ला पुलिसको पहलमा इस्लामपुरको टाउन लाइब्रेरी हलमा रक्तदान, आँखा जाँच शिविर आयोजना गरे। जिल्लाका पुलिस उपरीक्षक विशप सरकारले मानव रगतले मात्रै रगतको अभाव पूरा गर्न सकिने बताए। त्यसैले पुलिसले रक्तदान शिविर आयोजना गरेको उनले जानाएक। जिल्लाका विभिन्न पुलिस चौकीमा पुलिस प्रशासनले नियमित रुपमा यस्ता रक्तदान शिविर आयोजना गर्दै आएको पुलिस उपरीक्षकले जानकारी दिए। यसका साथै पुलिस प्रशासनले नियमित आँखा जाँच तथा स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ।

आजको शिविरमा इस्लामपुर पुलिस चौकीका पुलिस कर्मचारीले रक्तदान र आँखा परीक्षणको व्यवस्था गरेका थिए।