बोलेर तीन स्तरीय पञ्चायत चुनाव हुने भए अहिलेसम्म गोर्खाल्याण्ड भै सक्नु पर्ने हो: अनित थापा

IMG-20230215-WA0172.jpg

सालबारी: संसदमा सांसद राजु विष्टले तीन स्तरीय पञ्चायत चुनाव हुनुपर्छ भनेर दिएको भाषण विषयमा पत्रकारहरूले गरेको प्रश्नको उत्तर दिन्दै जीटीए चिफ् अनित थापाले संसदमा बोलेर मात्र हुँदैन, सरकारी अध्यादेश जारी गरेर मैदानमा उतार्नुपर्छ अनि बोलेर तीन स्तरीय पञ्चायत चुनाव हुने भए अहिलेसम्म गोर्खाल्याण्ड भै सक्नुपर्ने हो भनी बताएका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै अनित थापाले भने, “राजु विष्टले कतिपल्ट कसम खाएको थियो सबैलाई थाहा छ। तर केही भयो कसम खाएर पनि? वर्षौंदेखि पहाड पञ्चायती व्यवस्थादेखि विमुख थिए। हामीले नै सरकारसंग मिलेर दुई स्तरीय पञ्चायत चुनाव फेरि गराउँदैछौं। यो दुई स्तरीय पञ्चायत चुनाव जीटीएलाई दिइएको प्रावधान हो।”
उनले सरकारले दिने पर्जा पट्टाले शरणार्थी बनाउँछ भन्ने कुरा भ्रामक अफवाह हो भन्दै उनले उल्टा प्रश्न गरे, “जमीनको कागज पाउँदा कोही शरणार्थी बन्छ? निरपानीमा मानिसले जमीनको अधिकार पाए। कोही पनि शरणार्थी बनेको सुनेको छुईन।”
विमल गुरुङले अनित थापामाथि लगाएको आरोपको खण्डन गर्दै उनले भने, ” एउटा समयमा मलाई पहाडले हेर्नु पनि चाहँदैन थियो। आज त्यही नेतालाई, मेरो काम देखेर जनताले चुनावसम्म जितायो। विमल गुरुङको नेतृत्वमा नै शहीद बनेको हो। मेरो नेतृत्वमा होइन। जीटीए थाप्ने विमल गुरुङ नै हो। जनतालाई घरि घरि धोखा दिनु हुँदैन।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement