सालबारीमा जीटीए वन विभागको तत्वावधानमा दश दिवसीय दक्ष निर्माण प्रशिक्षण कार्यक्रम आरम्भ

IMG-20230215-WA0166.jpg

सकारात्मक सोच अनि कार्य पहाडलाई अघि बढाउने ऊर्जा हुन्: अनित थापा

सालबारी: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, वन विभागले दार्जीलिङ अनि कालेबुङका युवालाई लिएर दश दिवसीय दक्ष निर्माण प्रशिक्षण कार्यक्रम सालबारीमा आरम्भ भएको छ। उदघाटन समारोहलाई सम्बोधन गर्दै जीटीए चिफ् अनित थापाले भने, “म जीटीएको मनोनित अध्यक्ष भएको समयदेखि शुरु गरेको अभियान हो यो। दश दिन घाम तापेर मात्र नजानु होस। यहाँ केही न केही सिकेर, सिकेको कुरा प्रयोगमा ल्याएर आफ्नो जीवनलाई नै परिवर्तन गर्नुहोस्। लगनसाथ केही गरियो भने परिवर्तन एक दिनमा पनि हुनु सक्छ। नौ दिन धेरै थुप्रो दिनहरू हो।”

उनले प्रशिक्षार्थीहरूलाई हौसला दिँदै भने, ” सरकारले सबैलाई नौकरी दिनु सक्दैन। त्यसैले हामी युवालाई स्वनिर्भर बनिने तालिम दिनु खोज्दैछौं। बेकारी भनेको एउटा बेकाम्मे सोच मात्र हो। सकारात्मक सोच अनि कार्य पहाडलाई अघि बढाउने ऊर्जा हुन्।”
दश दिवसीय प्रशिक्षण कार्यक्रम स्वनिर्भर बनाउने प्रशिक्षण कार्यक्रम रहेको जीटीएको मुख्य जनसम्पर्क अधिकारी एसपी शर्माले बताएका छन्।

जीटीए सभाका अध्यक्ष अञ्जुल चौहानले भने, “पहाडको विभिन्न वर्गलाई ध्यानमा राखेर जीटीएले धेरै रचनात्मक कार्यक्रमहरु पहल गरेको छ। आजको कार्यक्रम त्यही रचनात्मक कार्यक्रमको अंश हो। यस्ता कार्यक्रमहरूको परिणाम केही समयमा पहाडले नै देख्नेछन्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement