दार्जिलिङ जिल्ला पुस्तक मेलाको दोस्रो दिन जनाब सिद्धीगुल्लाह चौधरी उपस्थित

IMG-20230215-WA0160.jpg

दार्जिलिङ: लोकल लाइब्रेरी अथोरिटी जीटीएद्वारा दार्जिलिङको गोर्खा रंगमञ्च भवन परिसरमा हिजोदेखि शुरु भएको २७औं वार्षिक पुस्तक मेलाको दोस्रो दिन आज प्रमुख अतिथिको रूपमा राज्यको एमईई तथा एलएस विभागीय एमआईसी जनाब सिद्धीगुल्लाह चौधरी उपस्थित रहेका थिए। दार्जिलिङको गोर्खा रंगमञ्च भवन परिसरमा उक्त वार्षिक जिल्ला पुस्तक मेला चार दिवसीय रूपमा हुने भएको छ। उक्त पुस्तक मेलाको दोस्रो दिन आज उपस्थित रहेका प्रमुख अतिथि राज्यको एमईई तथा एलएस विभागीय एमआईसी जनाब सिद्धीगुल्लाह चौधरीलाई आयोजक विभागद्वारा भव्य स्वागत जनाइयो।

यस अवसरमा उनले हाल राज्यभरिकै विभिन्न जिल्लाहरूमा पुस्तक मेलाको आयोजना भइरहेको जानकारी गराएका छन्। राज्यमा मानिसहरूलाई वर्तमान डिजिटल युगमा पनि प्रकाशित पुस्तकहरू पढ्ने आदत यथावत् राख्नको लागि यस प्रकारको पुस्तक मेला राज्यभरिमैं हाल सम्पन्न भइरहेको पनि उनले बताए। उनले सबैलाई उक्त पुस्तक मेलामा आएर यसको फाइदा उठाइदिने अपिल पनि गरेका छन्। उनले आज यहाँ पुस्तक मेलामा राखेका विभिन्न पुस्तक स्टलहरूको पनि भ्रमण गर्दै मानिसहरूसित कुराकानी पनि गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement