३ लुटेरा पक्राउ

Screenshot_20230215_145148_WhatsApp.jpg

सिलगढी: प्रधान नगर थाना पुलिसले सिलगढी जंक्शनको पाटी कालोनी पुल मुनिबाट लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ। सिलगढी महानगरपालिकाको प्रधान नगर थानाको पुलिसले गाेपिया सूचनाको आधारमा मंगलबार राति उक्त क्षेत्रमा छापा मारेको बताइएको छ। गोप्य स्रोतबाट प्राप्त जानकारी अनुसार करिब ६-७ जना लुटपाटको नियतले क्षेत्रमा जम्मा भएका थिए। तीनजना पक्राउ परेका छन् भने बाँकी घटनास्थलबाट फरार छन्। पक्राउ पर्नेमा डिजेल कोलोनी निवासी ३२ वर्षीय विशाल राई, मिरिकका २७ वर्षीय प्रीतम गुरुङ र गान्तोक निवासी ४२ वर्षीय राजीव सेवा रहेको पुलिस स्रोतले जनाएको छ। पक्राउ परेकाहरूलाई सिलगढी अदालतमा पठाइएको छ, बाँकीको प्रधाननगर थानाको पुलिसले खोजी गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement