कुचबिहार: उत्तर बंगाल राज्य यातायात निगमको कुचबिहार डिपोमा पार्क गरिएको बसमा अचानक आगलागी हुनले सम्पूर्ण क्षेत्रमा हलचल मच्चियो। खबर पाएर दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। दमकलको तुरुन्तै कारबाहीले उत्तर बंगाल राज्य यातायात निगमको सम्पूर्ण बस स्ट्यान्डलाई ठूलो आगलागीबाट बचायो। उत्तर बङ्गाल राज्य यातायात निगमका एक कर्मचारीले राति करिब १०:३० बजे पार्किङ गरिएको बसमा आगलागी भएको देखे। दमकललाई खबर गरेपछि दमकलले घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। आगलागी सर्ट सर्किटबाट भएको प्रारम्भिक अनुमान अग्निनियन्त्रकहरुले गरेका छन्। उत्तर बंगाल राज्य यातायात निगमका अध्यक्ष पार्थ प्रतिमा राईले घटनाको छानबिन गर्न आदेश दिएका छन्।