च्याम्पियन्स लीगः मेस्सीको उपस्थितिमा होम ग्राउण्डमा पीएसजी-को हार

IMG-20230215-WA0114.jpg

१५ फरवरीः महान फूटबलर लियोनल मेस्सीको उपस्थितिमा पनि पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले हारको सामना गर्नु पऱ्यो। त्यो पनि आफ्नो होम ग्राउण्डमा। यूएफा च्याम्पियन्स लीग फूटबलको राउण्ड अव् १६ अन्तर्गत मंगलवार अबेर राति खेलिएको पहिलो लेगको म्याचमा पीएसजी-लाई बायर्न म्यूनिखले १-०-ले पराजित गऱ्यो। यूरोपेली क्लब फूटबलका यी दुई हेभिवेट टीमबाट खेलिएको म्याच चरम रोमाञ्चक रह्यो। म्याचमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मनीको क्लबबाट एकमात्र गोल किंग्स्ले कोमानले ५३औं मिनटमा छिराए।

कोमानको त्यही गोल अन्तमा निर्णायक साबित भयो। म्याचमा बायर्नका खेलाड़ी बेञ्जामिन पाभार्डलाई म्याचको अन्तिम क्षणमा रातो कार्ड देखाइयो। म्याचमा ४६ प्रतिशत पोजेशनको साथ खेल्दै पीएसजी-ले मेस्सी, नेमार र कीलियन एम्बाप्पेको साथ सक्दो प्रयास गरे पनि गोल हासिल गर्न सकेन। आफ्नो होम ग्राउण्डमा यस हारपछि पीएसजी सामान्य दबाउमा रहनेछ कारण यी दुई टीमबीच दोस्रो लेगको म्याच बायर्नको होम ग्राउण्डमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement