नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १०२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८४,३७६ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले उत्तर प्रदेशबाट २ जना र केरलाबगाटन १ जना गरि माेठ ३ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७५६ पुगेको छ। यसरी नै यस अवधिमा ८७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५१,७९७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,८२३ रहेको छ। देशकाे दैनिक सकारात्मकता दर ०.०८ प्रतिशत दर्ता गरिएको छ भने साप्ताहिक सकारात्मकता दर ०.०९ प्रतिशत रहेकाे छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,२५,५०१ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,७२,६६,७०७ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७,०५२ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६३,११,५४७ जनाले यो खोप लगाइसकेको छन्।