१००० करोड छुने दिशामा शाहरुख-दिपिकाको फिल्म ‘पठान’

00-Pathaan-1

बक्स अफिसमा शुरुआती कमाई गरेपछि शाहरुख खानको फिल्म ‘पठान’को कमाईको गति केही सुस्त भएको छ। रिलिजको तेस्रो साताको अन्त्यमा फिल्मले एक हजार करोडको आँकडा पार गर्ने विश्वास गरिएको थियो। अहिले फिल्मले एक हजार करोडको आँकडा छुने दिशा लागेको छ। यशराज फिल्म्सले सोमबार दिउँसो ‘पठान’को कमाईको तथ्यांक सार्वजनिक गरेको हो। यशराज फिल्म्सका अनुसार फिल्म ‘पठान’ ले विश्वभर करिब ९४६ करोड कमाएको छ। यो कमाई १२ जनवरी आइतबारसम्मको हो। ‘पठान’ ले भारतमा करिब ५८८ करोड र विदेशमा करिब ३५८ करोड कमाएको छ। यशराज फिल्म्सले यो भारतीय इतिहासमा सबैभन्दा छिटो यति धेरै कमाउने फिल्म भएको दाबी गरेको छ। आईएमडीबी वेबसाइटका अनुसार ‘पठान’ सबैभन्दा धेरै कमाउने पाँच भारतीय फिल्महरूको सूचीमा परेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement