गान्तोक: राङगाङ याङगाङको सताम युथ क्लबद्वारा आयोजित राङगाङ याङगाङ च्याम्पियनशिप फूटबल टुर्नामेन्टको क्वार्टर फाइनल खेलमा मुख्य अतिथिको रुपमा आज मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले उपस्थिति दिए। सताम युथ क्लबद्वारा आयोजित फूटबल टुर्नामेन्टको आजको पहिलो खेल सुमिन फूटबल क्लबबनाम झिल्का सेवेनमाझ सम्पन्न भएको थियो भने दोस्रो खेल सताम वनाम रोङ्कुप टोलीमाझ सम्पन्न भयो। आज खेलमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङसहित राङगाङ याङगाङ क्षेत्रका विधायक राजकुमारी थापा लगायत अन्यको उपस्थिति रहेको थियो। मुख्य अतिथिको आशनबाट बोल्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले यो निर्वाचन क्षेत्रबाट सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको प्रत्याशी पराजित बनेपनि कुनै पनि बदलाको भावना नलिइ यो क्षेत्रको विकासको निम्ति कार्य भइरहेको जानकारी गराए। पूर्व सरकारकालमा हारेको क्षेत्रलाई विकासको मुहानदेखि किनारीकृत गरिन्थ्यो तर वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले बदलाको राजनीति होइन तर बदलाउको नीति सहित क्षेत्रहरूलाई झनै प्राथमिकता दिएर कार्य गरिरहेको जनाए। वर्तमान सरकारले यो क्षेत्रमा धेरै लामो समयदेखि रहेको विभिन्न मागहरूलाई पुरा गरेको अनि अन्य कतिपय मागहरूलाई पनि चाँढ़ै पुरा गर्ने प्रतिबद्धता जनाए। भर्खरै यो निर्वाचन क्षेत्रको पाथिङमा गएको पैह्रो पीड़ितहरूलाई पनि सरकारले तत्काल पुनरवाश गर्ने कार्य गरेको जनाए। यो पैह्रो अहिले एकाशी नगएको दशक अघिदेखि नै गएको तर पूर्व सरकारले यसको रोकथाम गर्न कुनै काम नगरेको पनि उनले बताए। तर वर्तमान सरकारले यहाँको वाशीन्दाहरूलाई सुरक्षित गरेको पनि उनले बताए। आफ्नो सम्बोधनको क्रममा 371 एफ अनि सिक्किमको पुरानो कानुनहरू कुनै पनि छेड़खानी नभएको जानकारी गराए। मुख्यमन्त्री प्रेमसिंह तामाङको सक्रीयताको कारण अनि देशका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह अनि कानुनमन्त्री किरेण रिजुजुको हस्तक्षेपले गर्दा सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको लाञ्छना सदा सदाको निम्ति हटिएर गएको जानकारी गराए। यो महत कार्यलाई सफल रुप दिन सक्षम मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि केन्द्रीय मन्त्रीहरूलाई धन्यवाद दिनको निम्ति सम्पूर्ण सिक्किमेहरूको पक्षमा आगामी 20 फरवरीको दिन सम्पन्न हुनगइरहेको धन्यवाद कार्यक्रममा पनि सबैलाई उपस्थित भइदिने आग्रह गरे।
सुव्यवस्थित फूटबल प्रतियोगिता आयोजन गरेकोमा उनले सताम युथ क्लबलाई बधाई दिए। खेलले युवाहरूलाई कुबाटोदेखि अलग राख्ने अनि युवाहरूलाई स्फुर्ती राख्ने कुरामा उनले जोड़ दिए। वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले राज्यको प्रत्येक प्रतिभाशाली युवाहरूलाई दक्ष बनाउन तिनीहरूको जग बलियो बनाउने कार्य गरिरहेको पनि जानकारी गराए।