खेलो इन्डियामा मनोज कामीले जिते स्वर्ण पदक

IMG-20230214-WA0022.jpg

गान्तोक: गत ३० जनवरीदेखि ११ फरवरीसम्म भोपालमा आयोजित खेलो इन्डिया प्रतियोगितामा सिक्किमले एउटा स्वर्ण र एउट काँस्य पदक ल्याएको छ।मनोज कामीले ३ हजार मिटरको दौडमा स्वर्ण पदक हासिल गरेका छन् भने यसरी नै बक्सिङमा प्रतिभा गजमेरले काँस्य पदक ल्याउन सफल भएका छन्। आज राजधानीस्थित पाल्जर स्टेडिय़ममा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राज्यका खेलकूद एवम युवा मामिला विभागका सचिव राजु बस्नेतले उक्त जानकारी गराएका हुन्। उनले जानकारी गराए अनुसार सिक्किमले पहिलोपल्ट राष्ट्रीयस्तरको प्रतियोगितामा स्वर्ण पदक हासिल गरेको हो। देशका युवाहरूलाई खेलकूदप्रति आकर्षित गर्ने उद्देश्यले भारत सरकारले वर्ष २०१८ देखि खेलो इन्डिया प्रतियोगिता शुरू गरेको बताए। तर अहिलेसम्म सिक्किमले स्वर्ण पदक हासिल गर्न नसकेको जनाए। यसपाली भने एउटा भएपनि स्वर्ण पदक हासिल गरेर मनोज कामीले राज्यको नाम रोशन गरेको अवगत गराए। राज्यको खेलकूद एवम युवा मामिला विभागले वर्ष २०२० मा जुनियर स्कूलस्तरीय ओलम्पकि आयोजना गरेको र उक्त प्रतियोगितामा मनोजले दुई वटा पदक जितेको जानकारी गराए। त्यसपछि उनलाई कोच आरबी सुब्बाले निरन्तर मार्गनिर्देश दिँदै आइरहेका थिए। दुई वर्षको कडा मेहनतपछि उनले स्वर्ण पदक जित्न सफल बनेकोमा विभागको तर्फबाट मनोजलाई बधाई साथै निकट भविष्यमा पनि यस प्रकारको प्रदर्शन गर्ने शुभकामना दिएका छन्।

हालसम्म मनोजले राज्य र राष्ट्रीयस्तरी विभिन्न प्रतियोगिताम अंशग्रहण गरिसकेको उनले जानकारी दिए। हाल सिक्किममा खेलकूदको निम्ति राम्रो वातावरण सृजना भएको र निकट भविष्यमा सिक्किमले राष्ट्रीयस्तरको प्रतियोगितामा धेरै पदक ल्याउन सक्ने सचिव बस्नेतले सम्भावना व्यक्त गरे। भोपालमा आयोजित खेलो इन्डिया प्रतियोगितामा देशको ३६ वटा राज्य र यूनियन टेरिटोरियलबाट खेलाडीहरूले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement