राज्यपाल गंगा प्रसादको निम्ति विधाई रात्रिभोजको आयोजना

IMG-20230214-WA0302.jpg

गान्तोक: राज्यका राज्यपाल गंगा प्रसादको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यस्तरीय विदाई रात्रिभोज कार्यक्रमको आयोजना गरे। सम्मान भवनमा आयोजित यस विदाई कार्यक्रममा मुख्यमन्त्रीका धर्मपत्नी कृष्ण राई, मन्त्रीगण,विधायकगण, न्यायालयका न्यायाधीश लगायत अन्यहरूलाई पनि आमन्त्रित गरिएको थियो। यस अवसरमा मुख्य सचिव भीबी पाठकले निवर्तमान राज्यपाल गंगा प्रसादको कार्यकाल सफल भएको र उनको कार्यकालमा राज्यमा विभिन्न क्षेत्रमा विकास भएको बताए। राज्यको विकासमा राज्यपालको उल्लेखनीय योगदान रहेको पनि उनले आफ्नो सम्बोधनमा उल्लेख गरे।

मुख्य सचिवले राज्यपालको कार्यकालमा सिक्किमका जनताको कल्याणका लागि गरिएका धेरै नयाँ पहलहरूको बारेमा जानकारी गराए। राज्यका दुर्गम पञ्चायत एकाइहरूको भ्रमण गरेको र उनीहरूलाई आवश्यक पर्ने सबै सुविधासहितको आधुनिक गाउँमा रूपान्तरण गर्ने कार्यमा निवर्तमान राज्यपालको ठूलो योगदान रहेको बताए। यसका साथै शिक्षा क्षेत्रमा स्मार्ट कक्षा सञ्चालन गरिएको उनले बताए। यसरी नै विद्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको र विभिन्न विद्यालयमा पुस्तकालय स्थापना गर्न, विद्यालय सभागारको स्तरोन्नति, वृद्धाश्रम तथा विभिन्न गैरसरकारी संस्थाहरूलाई आर्थिक सहयोग गरेको पनि प्रकाश पारे।राज्यमा केसर खेती शुरू गर्न उनको प्रयासको प्रशंसा गर्दै यसले सिक्किमलाई देशमा केसर खेतीको हब बनाउने लक्ष्य राखेको जनाए।

सोही प्रकारले राजभवन पर्यटकहरूको निम्ति खुल्ला गरेको जानकारी गराउँदै राजभवन परिसरमा नेताजी सुबास चन्द्र बोस र सरदार बल्लभ भाइ पटेलको शालिग निर्माण गरेकोमा राज्य सरकारको तर्फबाट उनले आभार प्रकट गरे।

:

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement