गान्तोक: राज्यका शहरी विकास विभाग मन्त्री एलबी दासले पश्चिम पाण्डाम निर्वाचन क्षेत्र अन्तर्गत बाघेखोला र माझीटारमा सिक्किम शहरी गरीब आवास योजना अन्तर्गत निर्माणधीन घरहरूको निरीक्षण गरे। यसका साथै उनले झोलुङ्गेमा निर्माण भइरहेको फुटपाथको पनि जायजा लिएको जानकारी गराइएको छ। भ्रमणको क्रममा उनले अधिकारीहरूलाई सबै घर साथै फुटपाथ समयमा नै निर्माण गरिसक्नु पर्ने निर्देश दिएका छन्। यस अवसरमा उनले स्थानीय जनतासँग पनि विकासका कार्यहरूलाई लिएर अन्तक्रिया गरे। भ्रमणको क्रममा पार्षद सञ्जु मंगर, एमईओ सुरेन तामाङ लगायत अन्यहरू पनि सामेल रहेका थिए।