कोलकाता। मुर्शिदाबादको एउटा स्कूलमा आफ्नु छोरालाई शिक्षकको रूपमा नियुक्त गर्न जाली प्रमाणपत्र बनाउने हेड मास्टर आशीष तिवारीलाई राज्य सीआईडीले पक्राउ गरेको छ।
हाई कोर्टको आदेशमा सीआईडीले यसताे नियुक्तीकाे जॉंच लामो समयदेखि गरिरहेको छ। मंगलवार भवानी भवनस्थित सीआईडी मुख्यालयमा हेड मास्टरसॅंग सोधपुछ गरेकाेमा, उनको बयानहरूमा पाइएको विसंगती र साक्ष्यहरूको आधारमा सीआईडीले उनलाई पक्राउ गरको हो।
आशीष तिवारीको छोरा अनिमेषले अन्य कसैको नोकरी गरिरहेका थिए। जुन व्यक्तिको नोकरी लागेको थियो उक्त व्यक्तिको नाममा जाली दस्तावेज बनाएर काममा लगाइएको थियो र वेतन पनि लिइरहेका थिए। नियुक्ति पत्रमा उसले मेमो नम्बरलाई छाडेर सबै परिवर्तन गरेका थिए।
भूगोलको शिक्षकको रूपमा नोकरी गरिरहेका अनिमेष विरूद्ध कोलकाता हाई कोर्टमा याचिका दर्ता गरिएको थियो, जसपछि न्यायालयले सीआईडीलाई घटनाको जॉंच गर्ने आदेश दिएको थियो।