वित्तीय साक्षरता वाहनको शुभारम्भ

IMG-20230214-WA0305.jpg

पाकिम: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज पाकिम जिल्ला प्रशासनिक केन्द्रबाट वित्तीय साक्षरता वाहनको शुभारम्भ गरे। रिजर्भ ब्याङ्क अफ् इण्डिया, सिक्किम एकाईद्वारा आयोजित वित्तीय साक्षरता सप्ताह अन्तर्गत यस भ्यानको शुभारम्भ गरिएको हो।

रिजर्भ ब्याङ्क अफ् इण्डिया, सिक्किम एकाईले हरेक वर्ष मानिसहरूमा वित्तीय जागरूकता फैलाउन वित्तीय साक्षरता सप्ताह आयोजना गर्ने गर्दछ। यस वर्षको थीम ‘राम्रो वित्तीय व्यवहार-तपाईको मुक्तिदाता’ रहेको छ।

यो वाहन जिल्लाका प्रत्येक गाउॅंमा पुगेर मानिसहरूमा वित्तीय जागरूकता फैलाउने प्रयास गर्नेछ। वित्तीय साक्षरता भारत सरकार र आरबीआईको वित्तीय साक्षर नागरिक तयार गर्ने एउटा महत्वपूर्ण पहल हो।

यस अवसरमा जिल्लापालका साथै एडीसी अनुपा तामलिङ, एसडीएम, पंचायतगण, आरबीआई गान्तोकका अधिकारीहरू आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement