नाम्चीमा घर-दैलो अभियान कार्यक्रम शरू

IMG-20230214-WA0306.jpg

नाम्ची: सोमवारदेखि नाम्ची जिल्लाअन्तर्गत नाम्ची-सिङ्गिथाङ समष्टिमा, एसकेएम पार्टीको घर-दैलो अभियान कार्यक्रम शरू छ। यो भ्रमण कार्यक्रम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री पीएस तामाङको निर्देशनमा गरिएको बताइएको छ।

एक महिनाव्यापी यस घर-दैलो अभियानको शुरूवात एसकेएम पार्टीको नाम्ची-सिङ्गिथाङको समष्टिस्तरीय समितिले बुमटार-सल्लेबुङ जीपीयूको ताङसाङबाट गरेको छ। एसकेएम कार्यकर्ताहरूले आज उनीहरूले रोङबुल जीपीयूको खानीगाउँमा भ्रमण गरे। यस क्रममा उनीहरूले घर-दैलो भ्रमण गर्दै गाउँ-घरको दुख-सुख, गुनासो, माग आदि कुराहरू बुझे।

गाउँलेहरूका मागहरूलाई सरकारसमक्ष पुर्याएर पूरा गर्ने आश्वासन दिए। यस क्रममा उनीहरूले पार्टीको नीति, सिद्धान्त, कार्यक्रम आदि विषय प्रकाश पार्दै पार्टी अध्यक्ष पीएस तामाङ जनवादी नेता रहेको बताए। घर-दैलो भ्रमणमा उनीहरूले पार्टीको झण्डा, क्यालेण्डर, डाइरी आदि सामाग्री पनि वितरण गरे।

आजको यस घर-दैलो अभियानमा पार्टीको नाम्ची-सिङ्गिथाङका सीएलसी अध्यक्ष टाँसी दोर्जे तामाङ, सक्रिय पार्टी कार्यकर्ता मिलन राई, सरकारी ठेकदार जेपी थापा, स्थानीय पञ्चायतगण, पार्टी कार्यकर्तागण आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement