राज्यपालको रूपमा गंगा प्रसादले सदैव आफ्नो संवैधानिक कर्तव्यहरूको निर्वहन गरे: राजभवन

IMG-20230214-WA0308.jpg

गान्तोक: सिक्किमका निवर्तमान राज्यपाल गंगा प्रसादको सम्मानमा आज राजभवन परिवारले उनकोे विदाई समारोहका साथै दिवाभोजको आयोजन गर्यो। कार्यक्रममा राज्यपालको कार्यकालमा गरिएका उल्लेखनीय योगदानमाथि प्रकाश पार्दै राजभवनको तर्फबाट प्रेस स्वरुप भेट प्रदान गरियो।

निवर्तमान राज्यपालले आफ्नो सम्बोधनमा सबैको प्रेम र सहयोगको निम्ति आभार व्यक्त गरे। उनले राजभवनको गरिमा, प्रतिष्ठा र मानलाई सदैव कायम राख्दै सिक्किम प्रदेशको सफलता कामना गरे। उनले नवनियुक्त राज्यपालसॅंग पनि मिलेर काम गर्न आह्वान गरे। उनले भने, सिक्किमले सबै क्षेत्रमा भारतलाई विश्व गुरु बनाउने क्षमता राख्दछ।

राजभवन अनुसार, सिक्किमका राज्यपालको रूपमा गंगा प्रसादले सदैव आफ्नो संवैधानिक कर्तव्यहरूको निर्वहन गरे अनि स्वस्थ लोकतान्त्रिक परम्परालाई प्रोत्साहित गरे। आफ्नो संवैधानिक पदमा कार्यरत रहेर उनले सदैव ग्रामीण क्षेत्रका मानिसहरूलाई सहयोग एवं प्रोत्साहन प्रदान गरे। राष्ट्रिय राजमार्ग 10 मा अमृत महोत्सव ग्रीन पार्कको निर्माण गरेर नानीहरूको निम्ति खेलकुदको निम्ति ठाउॅं स्थापना उनको स्मरणीय योगदान हो।

यसैगरी, आज राजभवन परिसरमा विभिन्न संघ, संस्था, समुदाय तथा विभिन्न व्यक्तिहरूले राज्यपालसॅंग भेट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement