विमानको पुच्छरबाट हनुमानको तस्वीर हटाउने एचएएलको फसेला

00-Aircraft-Hanuman

नयाँ दिल्ली: एयरो-इण्डियाको हिन्दुस्तान एयरोनटिक्स लिमिटेड (एचएएल) पभेलियनमा प्रदर्शित स्वदेशी सुपरसोनिक एयरक्राफ्ट एचएलएफटी-४२ मा टाँसिएको हनुमानजीको फोटोले विवाद सृजना गरेपछि मङ्गलबार त्यसलाई हटाइयो। विमानको पुच्छरमा टाँसिएको हनुमानको फोटो हटाउने फसेला एचएएलको एक आन्तरिक बैठकमा लिइएको हो। एचएएलले आफ्नो पभेलियनमा यस लड़ाकू विमानको मडल राखेको छ। यो एउटा सुपरसोनिक विमान हो जसलाई लड़ाकू पायलटहरूको प्रशिक्षणको लागि डिजाइन गरिएको छ।

एचएएलका सीएमडी सीबी अनन्तकृष्णनले बताएअनुसार एचएएलले लड़ाकू पायलटहरूलाई प्रशिक्षण दिनका लागि स्वदेशी सुपरसोनिक एयरक्राफ्ट एचएलएफटी-४२ डिजाइन गरेको छ। बेंगलुरूमा शुरू भएको एयरो इण्डियाको पभेलियनमा एचएएलले यस ट्रेनर विमानको मडल राखेको छ। यो दुई इञ्जिनयुक्त पहिलो स्वदेशी ट्रेनर लड़ाकू विमान हो, किनभने एचएएलसित अहिले जुन विमान छ त्यो एक इञ्जिनयुक्त तेजस विमान हो। उनले भने, ‘विमानको पुच्छरमा टाँसिएको भगवान हनुमानको तस्वीर निकालेर एचएएलले आफ्नो पुरानो परम्परालाई अघि बढ़ाउने प्रयास गरेको भए पनि सोशल मीडियामा मानिसहरूले विभिन्न प्रश्नहरू गर्न थालेl’ सीएमडी अनन्तकृष्णनले मडल विमानको पुच्छरमा भगवान हनुमानको तस्वीर लगाउनको पछाड़ि दुईवटा कारण रहेको बताउँदै भने, ‘पहिला त ट्रेनर विमानको नाम मारूत राखिएको थियो, जसको शाब्दिक अर्थ मारूति हो अर्थात पवन देव अनि पवन देवका पुत्र भगवान हनुमान। दोस्रो कारण, यो विमान हनुमानजीको शक्तिहरूबाट प्रेरित छ। यसै परम्परालाई अघि बढ़ाउँदै एयर शोमा प्रदर्शित एचएलएफटी-४२ विमानको पुच्छरमा गदा बोकेर उड़िरहेका भगवान हनुमानको फोटो टाँसिएको थियो। यसको साथै विमानमाथि लेखिएको थियो- ‘द् स्टोर्म इज कमिङ’ अर्थात तूफान आइरहेको छ। एयरो शोमा यस ट्रेनर विमानको तस्वीर भायरल भएपछि सोशल मीडियामा मानिसहरूले प्रश्नहरू उठाउन थाले। विरोध गर्नेहरूले प्रश्न गरेका छन् कि एक धर्मनिरपेक्ष देशको कुनै विमानमा भगवान हनुमानको तस्वीर कसरी हुनसक्छl’

सीएमडी अनन्तकृष्णनले बताएअनुसार विवाद बढ़ेपछि एचएएलको एक आन्तरिक बैठक डाकेर विमानबाट हनुमानको फोटो हटाउने फसेला लिइयोl एचएएलको तर्फबाट भनिएको छ, एचएलएफटी-४२ ट्रेनर विमानमा एक्टिव इलेक्ट्रनिकली स्क्याण्ड अरे, इलेक्ट्रनिक वारफेयर सूट, वायर कन्ट्रोलको इन्फ्रारेड सर्च एण्ड ट्र्याक विद फ्लाई जस्ता आधुनिक सुविधाहरू छन्। येलहंकास्थित वायुसेना अड्डामा पाँच दिवसीय एयरोस्पेस अनि रक्षा शोमा एचएएलको पक्षबाट १५ हेलीकप्टरको सहयोगले ‘आत्मनिर्भर’ फर्मेशनमा उड़ानको प्रदर्शन गर्नुछ जसमा एलसीए ट्विन सीटर वेरिएन्ट, प्रचण्ड हेलीकप्टर, समुद्री हक-आई, हल्के यूटिलिटी हेलीकप्टर र एचटीटी-४० सामेल रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement