खोरीबारीका सीताराम र बसन्तीले पाए चेक, सांसद विष्टले घर बनाइदिनेबारे गरेको वाचा पुरा

1c168670-6a0f-4a77-94a2-ac43a50278c4.jpg

खोरीबारी: सांसद राजु विष्टले सीमावर्ती गाउँको निरीक्षण गरेका थिए।यस भ्रमणपछि पक्काको घर निर्माण गर्नको लागि आर्थिक सहयोग प्रदान गर्ने आश्वासन दिए थियो।एक महीनाको अवधिमै नै सीताराम र बसन्तीले सांसदद्वारा पठाएको चेक प्राप्त गरेको छ। स्मरण रहोस्, सांसद राजु विष्ट खोरीबारीको भारत-नेपाल सिमानाको गाउँको परिभ्रमण तथा सम्पर्क अभियानमा लगाएका थिए। त्यस समय खोरीबारीको पश्चिम रामधन निवासी सीताराम सिंह र बसन्ती सिंहले प्रधानमन्त्री आवास योजना अन्तर्गत घर प्राप्त नभएको अभियोग गरेका थिए। गत २३ जनवरीमा अभियोग पाएपछि सांसद राजु विष्टले सांसद निधिबाट एक लाख रुपियाँमा पक्काको घर बनाइदिने वाचा गरेका थिए। त्यहीँ वाचा अनुसार आज सीताराम सिंह र बसन्ती सिंहले एक लाख रुपियाँको चेक पाएका छन्। सांसदका प्रतिनिधिहरूले आज सीताराम सिंह र बसन्ती सिंहलाई उक्त चेक सुम्पे। उक्त चेक पाएपछि दुवै खुसी हुँदै सांसदलाई आभार प्रकट गरे। सांसद राजु विष्टले आफ्नो वाचा पुरा गरेको रानीगञ्ज बिन्नाबारी मण्डल अध्यक्ष तथा भाजपा नेता भोलानाथ सिद्धाले बताए।

About Author

Advertisement