सिलगढी: आज प्रेम दिवस हो। भ्यालेन्टाइन डे मा सिलगढी मेट्रोपोलिटन पुलिसले यहाँको विभिन्न पार्क, जङ्गल तथा सपिङ मलहरूमा विशेष नजर राखिरहेको छ। भ्यालेन्टाइन डे को अवसरमा आज बिहानैदेखि सहरको पार्कहरू तथा सहर संलग्न सबै ‘जङ्गल अनि सपिङ मलमा पुलिसले विशेष नजरदारी गरिरहेको छ। सहरको विभिन्न पार्कहरूमा प्रत्येक थानाको तर्फबाट पुलिस बल तैनात गरिएको छ।कहिलेकाहीँ पार्क, सपिङ मल र सहर नजिकैको जङ्गलमा इभ टिजिङ लगायत मादक पदार्थ सेवन गरेर झमेला गरेको साथै अश्लिल व्यवहार गरेको अभियोग उठिरहेको छ। यसैले यस्ता घटनाहरू नहोस् भन्ने उद्देश्य लिएर भ्यालेनटाइन डे को अवसरमा पुलिसद्वारा विशेष नजरदारी गरिरहेको छ। सहरको विभिन्न पार्कहरूमा पुलिसको टहरदारी गर्नको साथै विनर्स टोलीले सहरको विभिन्न ठाउँमा पेट्रोलिङ गरिरहेको छ।