बीबीसीको दिल्ली र मुम्बईका कार्यालयहरूमा सर्च अपरेशन

00-1-BBC

नयाँ दिल्ली: कंग्रेस पार्टीले आयकर विभागद्वारा ब्रिटिश ब्रडकास्टर्स कर्पोरेशन (बीबीसी)को दिल्ली र  मुम्बईका कार्यालयहरूमा गरिएको सर्च अपरेशन कारबाहीको विरोध गर्दै यसलाई अघोषित आपतकालको संज्ञा दिएको छ। अर्कोतिर भारतीय जनता पार्टीले भनेको छ, ‘जाँच एजेन्सीहरूलाई सर्वे गर्ने अधिकार छ। विपक्षले अकारण बयानबाजी गरिरहेको छl’ वरिष्ठ कंग्रेस नेता जयराम रमेशले यस मुद्दामा एउटा बयान जारी गरी भने, ‘हामी अडानीको मामलेमा संयुक्त संसदीय समितिको माग गरिरहेका छौंl अर्कोतिर सरकार भने बीबीसीको पछि लागिरहेको छl’ उनले भने, ‘पहिला बीबीसीको डक्युमेन्ट्रीमाथि नै प्रतिबन्ध लगाइदियो। अहिले फेरि आईटीले सर्च अपरेशन गरिरहेको छ। यो अघोषित आपतकाल होl’

जवाफमा भाजपाले चर्को प्रतिक्रिया व्यक्त गरेको छ। भाजपाले भन्यो, ‘कानूनअन्तर्गत कारबाही गरिँदैछ। जाँच एजेन्सीहरूलाई सर्भे गर्ने अधिकार छ। विपक्षले बिनाकारण बयानबाजी गरिरहेको छl’ पार्टी प्रवक्ता गौरव भाटियाले भने, ‘बीबीसी भारत विरोधी प्रोपेगण्डा फैलाउने एउटा तत्व भएको छl’

उल्लेखनीय छ, बीबीसीको दिल्ली अनि मुम्बई कार्यालयमा आयकर विभागले सर्च अपरेशन चलाएको छ। यस अतिरिक्त बीबीसीका अन्य ठेगानाहरूमा पनि अपरेशको कारबाही शुरू गर्ने विभागीय स्रोतहरूले बताइरहेका छन्। विभागले भने हाल यसबारे विस्तृत जानकारी दिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement