सिलगढी: विधाननगरबाट दंगापारा जाँदै गर्दा सडक दुर्घटनामा चालकको मृत्यु भएको छ। राष्ट्रिय राजमार्ग ३१ स्थित सरिदाबाद चिया बगानमा कार अनियन्त्रित भई पल्टिएको हो। जसका कारण चालकको मृत्यु भएको हो। चालकको घर सिलगढी महाकुमाको विधान नगर क्षेत्रमा रहेको छ। घटनामा अन्य आठ यात्रु घाइते भएका छन्। घाइतेहरूलाई पहिले विधान नगर ग्रामीण अस्पताल र पछि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको थियो। मृत्यु हुने कार चालकको नाम रणदीप मण्डल उमेर २६ वर्ष रहेको छ।