दार्जीलिङ: चुङथुङ मेरीबुङ तामसाङ समष्टिअन्तर्गत पेमुङ चामुङगे गाउँ जाने बाटोको खन्ने कार्य केही समय अघि हाम्रो पार्टीका अध्यक्ष अजय एडवाडर्सले गरिदिएको पार्टीको पक्षबाट बताइएको छl जसको कारणले गर्दा स्थानीय बासिन्दाहरूलाई धेरै सुविधा भएको थियो, तर बर्खायामको पानीले बाटोमा पैह्रो झरेको हुनाले स्थानीय बासिन्दाहरूलाई धेरै समस्या भइरहेको हुनाले अजय एडवाडर्सले बाटो मरम्मत गर्न जेसीबी पठाइदिएको अदीप तामाङले बताएका छन्l उनले जानकारी दिएअनुसार स्थानीय गाउँ समाजका कार्यकर्ता र सदस्यहरूले बाटो सफा गर्ने कार्यहरू गरिरहेका छन्। अजय एडवाडर्सको यस्तो कार्यप्रति गाउँबासीहरूले आभार प्रकट गरेको तामाङले बताए।