खरसाङ नगरपालिका क्षेत्रमा डम्पिङ ग्राउण्ड निर्माण र अन्य विकास कार्यहरूका लागि विभागीय अधिकारीहरूद्वारा निरीक्षण

IMG-20230214-WA0006.jpg

खरसाङ: जीटीए अध्यक्ष अनित थापाले भर्खरै कलकत्ता भ्रमण गरेर आए लगत्तै पहाड़मा विकासका कार्यहरूको निम्ति राज्य विभागीय अधिकारीहरूको भ्रमण गर्ने क्रम शुरू भएको छ। यसै क्रममा आज खरसाङमा डम्पिङ ग्राउण्ड साइडको पुनर्निर्माण तथा सड़क निर्माण लगायत विकासको निरीक्षण गर्न विभागीय अधिकारीहरू भ्रमणमा आएका थिए। यसै कार्यको लागि खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको अध्यक्षतामा नगरपालिकामा एक सभा पनि सम्पन्न गरिएको छ। भ्रमणमा आएका अधिकारीहरूमा विशेषगरी अमिताभ दास, उप निर्देशक (सुधा), सुतीर्थ चटर्जी, पूर्व इन्जिनियर (सुधा),अरुण प्रामानिक, कार्यकारी इन्जिनियर, नीलमणि माझी, एई, सीताराम साह, जूनियर इन्जिनियर, सिलगढ़ीका सबै एमईडी, ब्रिगेन गुरुङ, अध्यक्ष खरसाङ नगरपालिका, सुवास प्रधान, उपाध्यक्ष खरसाङ नगरपालिका, जी.पी. अधिकारी एसएई, एडविन छेत्री, अख्तियार, रमेश सुब्बा, एसआई, खरसाङङ नगरपालिका, दिव्येन्दु भट्टाचार्य, सोनम लामा, अनुषा तामाङ, (प्रतिनिधिहरू) हिजली प्रेरणा अनि प्रेम तामाङ आदि उपस्थित थिए।

यस विषयमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै जीटीए चिफ् अनित थापाले कोलकातामा नगरपालिका मन्त्रीहरूसित भेटघाट गरेकोले साथै पहाड़को चारैवटा नगरपालिकाको चेयरम्यान र भाइस चेयरम्यानहरूसित सभा गरेर विकासको कार्यहरू अघि बढ़ाउन शुरु गरिएको र यसै अन्तर्गत आज डम्पिङ ग्राउण्ड निर्माणको लागि निरीक्षण गरिएको बताएका छन्। उनले भने, खरसाङ नगरपालिका क्षेत्रका लागि मिनी अस्पताल निर्माण गर्नलाई पनि साइड निरीक्षण गरिएको पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement