बरबुङका विधार्थीहरूलाई हाम्रो पार्टीद्वारा आर्थिक सहयोग

IMG-20230214-WA0208

दार्जीलिङ: खरसाङको बरबुङ बस्तीका विधार्थीहरूलाई हाम्रो पार्टीले आर्थिक सहयोग प्रदान गरेको छ।गत केही दिन अघि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बरबुङ बस्तीका विधार्थीहरूलाई आर्थिक सहयोग गर्ने वचन दिएका थिए। जसको फलस्वरूप आज ती विधार्थीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ। अजय एडवाडर्सद्वारा प्रदान गरिएको आर्थिक सहयोग विधार्थीहरू समक्ष पुर्याउन हाम्रो पार्टी खरसाङ ब्रान्च कमिटीका अध्यक्ष अलफ्रेड, सचिव विमल तामाङलगायत पार्टीका कार्यकर्ताहरू उपस्थित रहेका थिए। आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टीका केन्द्रीय कमिटीका सदस्य सुमन बम्जनले यी नानीहरू नै भोलीको कर्णधारहरू रहेको बताए। ‘हामीले हाम्रो समाज र जातिको उत्थान गर्नु हो भने सर्वप्रथम हाम्रो विधार्थीहरूलाई उचित मार्गदर्शन गर्न सक्न पर्छ।’ पार्टीका अध्यक्ष अजय एडवाडर्सले पार्टी भन्दा धेर जाति र समाजलाई ध्यान दिएको उनले बताएl

About Author

Advertisement