सिलगढी: सुनिल बर्मन (४८) नामका एक व्यक्तिमाथि ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ। घटना सिलगढी महाक्मा परिषदको गोसाईपुर ग्राम पञ्चायतको धनसारा जोत गाउँमा भएको हो। मंगलबार बिहान घटना सार्वजनिक भएपछि अभियुक्त सुनिल बर्मन फरार छन्। घटनापछि क्षेत्रमा सनसनी फैलिएको छ। उजुरीका आधारमा रंगपानी चौकी प्रहरीले अनुसन्धान सुरु गरेको छ।










