पोष्टरिङ गर्दै भाजपा सासंद राजु विष्टलाई धन्यवाद

IMG-20230214-WA0155.jpg

खरसाङ: भारतीय संसदमा दार्जिलिङका भाजपा सांसदले पञ्चायत चुनाव गराउने मांगयहित स्थायी राजनैतिक समाधान र अन्य विषयमा कुराहरू उठान गरेकोमा भाजपा खरसाङको पक्षबाट धन्यवाद दिइएको छ। भाजपा खरसाङका प्रतिनिधिहरूले आज खरसाङ बजारको विभिन्न स्थानहरूमा पोष्टरिङ गर्दै दार्जिलिङका भाजपा सासंद राजु विष्टलाई धन्यवाद दिएका छन्। विशेष गरी पहाड़मा लामो समयदेखि पञ्चायत चुनाव नभएर यहाँको जनताहरू सरकारी सहुलियतहरूदेखि वञ्चित हुन परिरहेको थियो। यसै विषयमा सासंद विष्टले संसदमा कुरा उठाएर जनताको लागि कार्य गरिरहेको भाजपा खरसाङका प्रतिनिधिहरूले बताएका छन्। सांसद विष्टलाई धन्यवाद दिन्दै भाजपा खरसाङद्वारा गरिएको पोष्टरिङ विषयमा खरसाङमा गरिएको पोष्टरिङ विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले भारतको संसदमा दार्जिलिङको सांसद राजु विष्टले पहाड़मा लामो समयदेखि पञ्चायत चुनाव नभएकोले जनताले समस्याहरू झेल्न परिरहेको विषयमा कुरा उठाएको बताएका छन्। उनले यसको साथै स्थायी राजनैतिक समाधान र अन्य विषयहरूमा पनि कुरा उठाएकोले आज खरसाङमा पोष्टरिङ गरेर सांसद राजु विष्टलाई खरसाङका जनता र खरसाङको भाजपा प्रतिनिधिहरूले धन्यवाद दिएको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement