शताब्दीयौंदेखि चल्दै आएको मुगल गार्डनलाई अहिले अमृत उद्यानको नाम दिइएको छ। मुगल गार्डन एउटा यस्तो बगैचा हो, जुन राष्ट्रपति भवनमा बनेको छ। यो बगैँचा हेर्न हरेक वर्ष मानिसहरुको भीड लाग्ने गर्छन्। हरेक वर्ष फरवरी महिनामा करिब एक महिना खुल्ने यो बगैचा यस वर्ष करिब दुई महिना खोल्न लागेको छ। यो प्रसिद्ध बगैंचा आर्किटेक्ट एडविन लुटियन्स र लर्ड हार्डिंगद्वारा डिजाइन गरिएको थियो। राष्ट्रपति भवन त्यतिबेला भाइसरोयका लागि बनाइएको थियो। यसलाई भाइसरोय हाउस पनि भनिन्थ्यो, जसको नाम स्वतन्त्रता पछि राष्ट्रपति भवन राखियो। जब यो भवन बनाइएको थियो, त्यहाँ फूलबारी थियो जुन भाइसरोयकी पत्नीलाई मन परेन। लेडी हार्डिङ्गले बगैंचाको लेआउट पुन: नयाँ गर्ने प्रयास गरिन् र त्यसपछि सन् १९१७ मा काम पुन: शुरु भयो।

बगैचा निर्माण गर्न लगभग ११ वर्ष लाग्यो र सन् १९२८ मा पूरा भएको थियो। यसको नाम मुगलहरूको नामबाट राखिएको हो, त्यसैले यसको डिजाइन मुगल शैली रहेको छ। एडविन लुटियन्सले कश्मीरको बगैंचा, ताजमहलको बगैंचा र भारत र पर्सियाका चित्रहरूको सहयोग लिएका थिए। यी सबै कुरालाई ध्यानमा राखेर बगैँचा बनाइएको हो, त्यसैले यो ठाउँ धेरै विलासी देखिन्छ। मुगल गार्डन भित्र चार प्रकारका बगैंचाहरू छन् र ती चतुर्भुज बगैंचा, लामो बगैचा, पर्दा बगैचा र गोलाकार बगैचा समावेश छन्।