कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो परिवारका सदस्यलाई तर्साएर भाजपाले आफ्नो पार्टीमा सामेल गराउने प्रयास गरेको आरोप लगाएकी छिन्l भाजपाले २०२१ को विधानसभा चुनावअघि उनको दाजु र भाउजुलाई आफ्नो पार्टीमा सामेल हुनका लागि डर देखाउने प्रयास गरेको उनको भनाइ छl उनले भनेअनुसार तर असफल भयो र अब आफ्नो परिवारलाई लक्षित गर्न केन्द्रीय एजेन्सीहरू प्रयोग गरिरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले पश्चिम बङ्गाल विधानसभामा विपक्षी दलका नेता शुभेन्दु अधिकारीमाथि कटाक्ष गरेकी छिन्। मुख्यमन्त्रीले भनिन्, ‘मेरो दाजु र भाउजुलाई धम्की दिइयो र भाजपामा सामेल हुन भनियो, तर उनीहरू दबाबको रणनीतिमा झुकेनन्l’