गुर्दुम बस्तीमा विभिन्न पार्टीबाट १५० घर भागोप्रमोमा सामेल

IMG-20230214-WA0129.jpg

खरसाङ: खरसाङको लंगभ्यु चियाबारी अन्तर्गत गुदुर्म बस्तीमा एक समर्थन कार्यक्रम भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पंखाबारी-लंगभ्यू अम्बटे समष्टि सभापति मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो। सभामा यहाँका प्रायः एकसय पचास जना विभिन्न राजनीतिक दलका समर्थकहरुले भागोप्रमोलाई समर्थन जनाएका छन्। भागोप्रमोमा सामेल हुनेहरूलाई उपस्थित पार्टी प्रतिनिधिहरूले दलीय झण्डा प्रदान गरेर स्वागत जनाएका थिए। समष्टिको प्रमुख सल्लाहकार याङडुप लामाले सञ्चालन गरेको समर्थन कार्यक्रमलाई कार्यकारी सभासद कल्पना प्रधान, खरसाङ महुकमा समिति सभापति साथै जन सम्पर्क अधिकारी सुवास प्रधान, पंखाबारी लंगभ्यू-अम्बटे-समष्टि सभापति मणिराज डुम्जन आदिले सम्बोधन गरेका थिए। समर्थन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी सभासद कल्पना प्रधानले पार्टीमा समर्थन गर्ने सबैलाई स्वागत जनाइन्। उनले समर्थन कार्यक्रममा उपस्थिति दिन अघि गुर्दुम बस्तीमा रहेको बडारे खोला साथै बाटोको स्थलगत भ्रमण गरिन्। आफ्नो सम्बोधनमा उनले गुर्दुम बस्तीको नाम परिवर्तन गरेर नयाँ नाम राख्ने सुझाव राखिन् साथै खोलामा पक्का बाँध निमार्ण गर्न हेतु विभागीय पहल गरिने वचन पनि दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement