१४ फरवरीः ईंग्ल्याण्ड क्रिकेट टीमका पूर्व कप्तान नासिर हुसैनले इयोन मोर्गनको प्रशंसा गर्दै उनलाई सेतो बलको प्रारूपमा ईंग्ल्याण्डको अहिलेसम्मको सबैभन्दा महान कप्तान बताए। मोर्गनले खेलको सबै प्रारूपबाट सन्न्यासको घोषणा गरेका छन्। हुसैनको भनाइअनुसार, मोर्गनले ईंग्ल्याण्डको सेतो बलको खेलको संस्कृति नै बद्लिएका थिए। हुसैनले भनेका छन्, सेतो बलको प्रारूपमा इयोन ईंग्ल्याण्डको अहिलेसम्मका सबैभन्दा महान कप्तान अनि वर्ल्ड कप विजेता कप्तान हुन् भन्ने कुरामा कुनै सन्देह छैन। उनले ईंग्लिश व्हाइट बल क्रिकेटको संस्कृति नै बद्लिए। अष्ट्रेलियामा २०१५-मा भएको वर्ल्ड कपमा हामी कहाँ थियौं। जब हामी बंग्लादेश विरुद्ध पराजित भएका थियौं अनि अहिले हेर्नुहोस् टीम कहाँ पुगिसकेको छ।
हुसैनको भनाइअनुसार, मोर्गन एकजना सम्मानित कप्तान थिए अनि हरेक समय प्रतिक्रियाको माध्यमले स्पष्ट थिए। हुसैनले भने, उनी शान्त अनि टीम भित्र अनि बाहिर एकजना सम्मानित कप्तान थिए। उनी आफ्नो विचार अनि प्रतिक्रियामा सदा स्पष्ट रहन्थे। मोर्गनले लर्डसमा वर्ल्ड कप जितेर ईंग्ल्याण्डलाई खेलको सबैभन्दा यादगार पलहरूमा एउटा दिए। त्यो हाम्रो क्रिकेट इतिहासको सबैभन्दा महान दिन थियो। सुपर ओभरको साथ एउटा असाधारण अवसर अनि असाधारण अन्त। हुसैनले मोर्गनको एकजना खेलाड़ीको रूपमा पनि प्रशंसा गरे। उनले भने, तपाईंले मोर्गनलाई एकजना खेलाड़ीको रूपमा पनि याद राख्नु हुनेछ। उनी क्रान्तिकारी थिए। उनले ती सबै शट्हरू खेलिरहेका थिए, जुन अहिले हामी अन्य क्रिकेटरहरूले पनि खेलिरहेको देखिरहेका छौं। यसमा रिभर्स स्वीपिंग, रिभर्स स्कूप र गतिशील हुनु सामेल छ। उनी विध्वंशी ब्याटर अनि फूर्तिलो फील्डर थिए।
उल्लेखनीय छ, मोर्गनले रेकर्ड १२६ वटा वनडे इण्टरनेशनल र ७२ वटा टी२०आई म्याचमा ईंग्ल्याण्डको कप्तानी गरे। दुवै प्रारूपमा कप्तानको रूपमा उनको ११८ वटा जीत पनि एउटा रेकर्ड हो। उनी ईंग्ल्याण्डको निम्ति सर्वाधिक वनडे रन (६९५७), ईंग्ल्याण्डको निम्ति सर्वाधिक टी२०आई रन (२४५८) र दुवै प्रारूपमा ईंग्ल्याण्डको निम्ति सर्वाधिक छक्का सहित एकाधिक रेकर्डको मालिक पनि हुन्।