चारवटा चिया बगानको समस्या समाधान गर्न सिलगढीमा १७ फरवरीमा त्रिपक्षीय बैठक हुने

00-1-Rajech-Chauhan-VC-GTA

दार्जीलिङ: बन्सल कम्पनी अधिनस्थ चारवटा चिया बगानहरु क्रमशः रङमुक सिडर्स, रागेरुङ, आलुबारी, पाण्डाम चियाबारीमा भएको समस्या समाधानका लागि आउँदो १७ फरवरीमा सिलगढीको श्रमिक भवनमा त्रिपक्षीय बैठक बोलाइएको छ। जीटीएका उपाध्यक्ष राजेश चौहानले यसबारेमा जानकारी दिएअनुसार बन्सल कम्पनी अधिनस्थ चिया बगानको श्रमिकहरू समस्या अस्थायी रूपमा सुल्झाउन जीटीएक मुख्य कार्यपाल अनित थापाको पहलमा दुई पक्षीय बैठक बसेर श्रमिकहरूको वेतन, बोनस आदिको प्रबन्ध मिलाइएको थियो। बगानहरू नयाँ मालिकले लिएको थियो। तर कतिपय कानुनी व्यवधानको कारण नयाँ मालिकको नाममा मालिकना नाम सारी भएको थिएन भन्ने उनले बताएका छन्।

राजेश चौहानले भनेअनुसार गत ६ फरवरीमा उनले कोलकातामा श्रमिक मन्त्री मलय घटकसित भेट गरेर यस समस्याबारे चर्चा गरेका थिए। मन्त्रीले पनि समस्याको समाधान चाँडै निकाल्ने वचन डदिएका थिए। स्मरण रहोस्, अनित थापाले जुन मोडल लिएर उपर्युक्त बगानहरु सञ्चालन गरिरहेका थिए, त्यस मोडललाई विपक्षकाहरुले अवैधानिक भनी घोषणा गरेका थिए। राजेश चौहानले जानकारी दिँदै भने, ‘श्रम विभागले आउँदो १७ फरवरीमा सिलगढी स्थित श्रमिक भवनमा चारवटा चिया बगानका ट्रेड युनियनहरू, जिल्लाका अधिकारीहरूलाई लिएर त्रिपक्षीय बैठक बोलाएको छ। बैठक चारवटा चिया बगानका समस्याहरु समाधान गर्न बोलाइएको हो। श्रम विभागको यो पत्रले खुशीको खबर बोकेर आएको छ। समस्या चाँडै नै समाधान हुनेछ। अब चिया बगान सुचारु रुपमा चल्नेछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement