माता-पिताको निम्ति कलकत्तामा फ्ल्याट किन्न चाहन्छिन् रिचा

IMG-20230214-WA0120.jpg

१४ फरवरीः महिला प्रीमियर लीग (डब्ल्यूपीएल) टी२० प्रतियोगिताको निम्ति भएको लिलामीमा मोटो रकम हासिल गरेपछि सिलगढ़ीकी १९ वर्षीय महिला क्रिकेटर रिचा घोष आफ्नो माता-पिताको निम्ति कलकत्तामा फ्ल्याट लिन चाहन्छिन्। रिचाकी पिता सिलगढ़ी रेफरी एण्ड अम्पायर एसोसिएशन अनि बंगाल क्रिकेट संघमा अंशकालिक अम्पायर हुन्। सोमवार भएको डब्ल्यूपीएल-को लिलामीमा रिचालाई रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-ले १.९० करोड़ रुपियाँमा खरीद गऱ्यो। उनी पहिलोपल्ट भएको डब्ल्यूपीएल-को लिलामीमा सबैभन्दा महँगो मूल्यमा बिक्ने भारतीय खेलाड़ीहरूमा एक थिइन्। उनलाई भारतीय टीमकी कप्तान हरमनप्रीत कौरभन्दा अधिक पैसा प्राप्त भयो। हरमनप्रीतको निम्ति मुम्बई इण्डियन्सले १.८० करोड़ रुपियाँको सफल बोली लगायो।
विकेटकीपर ब्याटर रिचाले पाकिस्तान विरुद्ध केही दिन अघि भएको आईसीसी महिला टी२० वर्ल्ड कपको म्याचमा अविजित ३० रनको म्याच जिताउने ईनिंग्स खेलेकी थिइन्। यसअघि उनी आईसीसी अण्डर-१९ महिला टी२० वर्ल्ड कपमा च्याम्पियन हुने भारतीय टीमको पनि हिस्सा थिइन्। भारतले फाइनलमा ईंग्ल्याण्डलाई पराजित गरेको थियो। रिचाले लिलामीपछि भनिन्, मैले एकदिन भारतको निम्ति खेलोस् भन्ने माता-पिताको इच्छा रहेको थियो। म आफ्नो टीमको कप्तानी गर्न चाहन्छु अनि देशको निम्ति ठूलो ट्रफी जित्न चाहन्छु। अहिले मेरो कलकत्तामा एउटा फ्ल्याट किन्ने इच्छा रहेको छ। मेरो माता-पिता त्यहीँ बसोस् भन्ने म चाहन्छु। उनीहरूले जीवनको आनन्द लिन सकुन् भन्ने म चाहन्छु कारण उनीहरूले आफ्नो जीवनमा धेरै संघर्ष गरे। मेरो सफलताको निम्ति कठोर मेहनत गरे। मेरो पिता अहिले पनि अम्पायरिंग गर्छन्। लिलामीपछि उनीहरूले यति धेर मेहनत गर्नु नपर्ने मलाई आशा छ।
केवल साढ़े चार सालको उमेरमा क्रिकेटको ब्याट उठाउने रिचाले आफ्नो सफलताको श्रेय आफ्नो पिता मनबेन्द्र घोषलाई दिइन्। मनबेन्द्रले लिलामीमाथि प्रतिक्रिया व्यक्त गर्दै भने, महिला प्रीमियर लीगले देशमा महिला क्रिकेटको स्थितिमा व्यापक सुधार गर्नमा सहायता गर्नेछ अनि आउँदो क्रिकेटरहरूलाई वित्तीय स्थिरता पनि प्रदान गर्नेछ। साल २०२०-मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेपछि रिचाले ३१ वटा टी२०आई म्याच खेलेर १३५ भन्दा अधिकको स्ट्राईक रेटले ४५८ रन बनाएकी छन्। उनले भारतको निम्ति ११ वटा वनडे म्याचमा ३११ रन बनाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement