डब्ल्यूपीएलको लिलामीः मन्धनाले हासिल गरिन् सर्वाधिक ३.४० करोड़ रुपियाँ, सिलगढ़ीकी रिचाको निम्ति १.९० करोड़

IMG-20230214-WA0001.jpg

१३ फरवरीः बहुप्रतीक्षित महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-को निम्ति भएको खेलाड़ीहरूका लिलामीमा स्मृति मन्धनाले सर्वाधिक ३.४० करोड़को बोली हासिल गरिन्। मन्धनालाई रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-को टीमले खरीद गऱ्यो। यसको विपरीत भारतीय महिला टीमकी कप्तान हरमनप्रीत कौरलाई चाहिँ मुम्बई इण्डियन्सले केवल १.८० करोड़ रुपियाँमा हासिल गऱ्यो। यस लिलामीमा सिलगढ़ीकी रिचा घोषको निम्ति आरसीबी-ले १.९० करोड़ रुपियाँको सफल बोली लगायो। यसरी नै यास्तिका भाटिया १.५० करोड़ रुपियाँमा मुम्बई इण्डियन्समा सामेल भइन्। दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टी२० वर्ल्ड कपमा पाकिस्तान विरुद्ध भारतको यादगार जीतमा असल ब्याटिंग गर्ने रिचा घोषले १.९० करोड़ रुपियाँको सफल बोली हासिल गर्दा सम्पूर्ण सिलगढ़ीवासीमा खुशीको लहर छाएको छ। विदेशी खेलाड़ीहरूमा अष्ट्रेलियाई अलराउण्डर एश्ले गार्डनरको निम्ति गुजरात जायण्ट्सले ३.२० करोड़ रुपियाँको सफल बोली लगायो। यसरी नै एलिस पेरीलाई आरसीबी-ले १.७० करोड़ रुपियाँमा हासिल गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement