गान्तोक: आज बागडोगरा विमानस्थलमा भारतका लागि स्वीस राजदूत राल्फ निकोलस हेकनर आइपुग्दा उनलाई सिलगढीका प्रोटोकल अधिकारीहरूले स्वागत जनाए। उनी सिक्किममा “व्यापार मिशन” भ्रमणको निम्ति आएका हुन्। व्यापार मिशनको लक्ष्य यस क्षेत्रमा स्विस कम्पनीहरुमा व्यापारको निम्ति अवसरहरुबारेमा स्थानीयहरूलाई जागरूक गराउने उद्देश्यले यहाँ आएका हुन्। भोलि उनले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेटेर यसबारेमा चर्चा परिचर्चा गर्ने भएका छन्। यसका साथै उनले राज्यका विभिन्न एजेन्सीका प्रमुखहरूसँग टाशीलिङस्थित सचिवालयमा भेट गर्ने योजना रहेको छ। उनले जानकारी गराए अनुसार, राज्यका विभिन्न कम्पनीका प्रतिनिधिहरूसँग भेट गरेर राज्यमा दीगो पूर्वधारको विकासबारे स्वीस कम्पनीले तकनिकी सहयोग पुऱ्याउने भएको छ।