मंगन: स्वास्थ्य एवं परिवार कल्याण विभागअन्तर्गत खाद्य सुरक्षा एवं मानक सेलको चौथो जिल्ला स्तरीय सल्लाहकार समितिको बैठक जिल्लापाल हेमकुमार छेत्रीको अध्यक्षतामा मंगनमा सम्पन्न भयो। बैठकमा मंगनका महकुमा पुलिस अधिकारी, खण्ड विकास अधिकारी, डीसीएसओ लगायत सम्बन्धित विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो। बैठकमा खाद्य सुरक्षा तालिम अनि प्रमाण-पत्र, खाद्य व्यापारको लाइसेन्स अनि पञ्जीकरण, स्कूल अनि क्याम्पसहरूमा सही खाद्यबारे अभियानसँगै नियमित निरीक्षण अनि समन्वय जस्ता मंगन जिल्लाभित्रका क्रियाकलापहरूबारे संक्षिप्तमा जानकारी गराइयो।जिल्लापाल हेमकुमार छेत्रीले आफ्नो सम्बोधनमा जिल्लामा आयोजन हुने मिलेट मेलाको तयारी योजनाबारे छलफल गरे। कोदोको खाद्य मूल्य अनि महत्वबारे प्रत्येकलाई सचेत बनाउन सामूहिक सहभागिताको आवश्यकताबारे उनले जोर दिए। खाद्य फोहोर व्यवस्थापन र ग्राम सभामार्फत तल्लो तहमा जनचेतना फैलाउनुपर्ने विषयमा पनि छलफल गरियो। उनले स्थानीय उत्पादित वस्तुको सरसफाइ र गुणस्तर सुनिश्चित गर्नुपर्ने पनि बताए। जानकारी गराइन्छ, २०२३-लाई अन्तरराष्ट्रिय कोदो वर्षको रूपमा पालन गर्ने राष्ट्रसंघले घोषणा गरिसकेको छ।










