नाम्ची: आज रोजगार मेला एवं प्रधानमन्त्री राष्ट्रिय एपेनटेस्टिक मेफा नाम्ची जिल्लाअन्तर्गत आईटीआई किचुडुम्रामा सम्पन्न भयो। यस रोजगार मेलाको आयोजना नियुक्ति केन्द्र र कौशल विकास विभागले संयुक्त रूपमा गरेको हो। यस मेला आयोजना गर्नुको मुख्य उद्देश्य बेरोजगार र रोजगारदाताहरूमाँझ सम्पर्क गराएर उनीहरूको आवश्यकता पूरा गर्न रहेको बताइएको छ।यस मेलाबाट राजगार प्राप्त गर्न आईटीआई रम्फू, सीसीसीटी चिसोपानी, एटीटीसी बर्दाङका विद्यार्थीवर्गको साथमा सिक्किमका विभिन्न स्थानका जम्मा १ सय ६५ जना बेरोजगार युवाहरूले सहभागिता जनाएका थिए। त्यसरी नै यस मेलालाई सफल बनाउन सम्बन्धित विभागका उपनिर्देशक डीडी शर्मा र आइटीआइ किचुडुम्राका प्राचार्य एमएन भोटिया आदिको प्रमुख भूमिका रहेको थियो।