सिलगढी: आइतबार (१२ फरवरी) मानव उत्थान सेवा समिति मंग्पू तहसीलद्वारा टिस्टाभेल्ली- लदेखि मङ्पु-लाठपञ्चरसम्म तहसील स्तरीय सफाई अभियान कार्यक्रम तहसील प्रभारी महात्मा चाँद बाईजी, महात्मा अलकनन्द बाईजी, महात्मा हरिदीना बाईजीको उपस्थितिमा सम्पन गरियो। उक्त सफाई कार्यक्रममा समितिका युवाहरूको उपस्थितिसँगै उपमण्डल शान्तिराम कार्की, उप जिल्ला प्रमुख सुश्री पुष्प गुरुङ, जिल्ला युथ कोअर्डिनेटर श्रीमती बिजेता डुक्पा, तहसील युथ कोअर्डिनेटर सुश्री खुश्बू गिरि मानव सेवा दल उप जिल्ला प्रमूख श्रीमती स्वर्णिम राई, साथै टिस्टाभेल्ली, गेल, सिटोङ, मङ्पु, लाठपञ्चर, जिंगलाम शाखाको कार्यकर्ताको साथमा प्रेमीहरुको सहभागिता रहेको थियो|
