सिलगढीको दुइवटा मलमा झमेला श्रृजना

5079-1.jpg

सिलगढी: भक्ति नगर थाना अन्तर्गत सेभोक रोडस्थित दुईवटा मल हङ्गामा भयो। यी दुइवटा मलको पब तथा बारको बाउन्सरबीच पहिला झगडा भएको थियो।यसपछि यो झगडा केहीक्षणमा नै रणक्षेत्रमा परिणत भयो। यस घटनामा केही मानिसहरू घाइते भएका छन्। घटनाको खबर पाएर भक्ति नगर थाना पुलिस घटनास्थलमा पुगे तापनि पुलिस कर्मीहरूलाई पनि कुटपीट गरेको आरोप रहेको छ। यसपछि विशाल पुलिस वाहिनी तथा यफ टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रण गर्नको साथै घटनामा संलग्न १० जनालाई पक्राउ गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत राति बाउन्सर प्रोभाइड गर्ने दुइवटा संस्थाबीच हङ्गामा शुरू हुँदा दुवै संस्थाका बाउन्सरहरू आपसमा झगडा गर्न थालेपछि इलाकामा तनाउको माहौल देखापर्यो। पक्रा परेका दसजना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement