दार्जीलिङ: जीटीए अधिनस्थ डिस्ट्रिक्ट स्कूल बोर्ड दार्जीलिङको सभा सोमबार (१३ फरवरी) जीटीएको मुख्यालय लालकोठीमा सम्पन्न भयोl स्कूल बोर्ड दार्जीलिङका अध्यक्ष विजय कुमार राईको अध्यक्षतामा सम्पन्न भएको सभामा जीटीएका उपाध्यक्ष राजेश चौहान प्रमुख अतिथिका थिए भने देव नारायण सेठ (डीआईइपी), दार्जीलिङ जिल्लाका विभिन्न डीएसबीका सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा राजेश चौहानलाई प्राथमिक शिक्षा विभागका प्रमुख नियुक्त भएकोमा बधाई जनाइयो।
सभामा विशेष रूपले निम्न विषयहरू माथि गहन रूपले छलफल गरेपछि कार्य गरिने भयो।
१. गत जीटीएको प्रथम सभामा पारित दार्जीलिङ अनि कालेवुङ (डिस्ट्रिक्ट स्कूल बोर्ड) को बदली (डिस्ट्रिक्ट स्कूल काउन्सिल) गठन गरिने, पश्चिम बङ्गाल पार्षद सरह जीटीए शिक्षा छिट्टै गठन हुने भएको छ।
२. जीटीए क्षेत्रको सम्पूर्ण शिक्षक-शिक्षिकाहरुको समस्या र सुझाव लिन प्रत्येक सर्कल क्षेत्रमा अधिकारिक भ्रमण गरिनेछ।
३. शिक्षक कम्ति भएका पाठशालाहरूमा छिट्टै इच्छुक या आधिकारिक सूचनाबाट स्थान्तरण गरिने।
४. जीर्ण अवस्थामा रहेको पाठशाला भवनहरूलाई पुनर्निर्माण गरिने भएको छ।
५. थाँतीमा रहेका शिक्षक/शिक्षिकाहरूको (ग्रेड पे) र एरियर चाँडै भुक्तान गरिने।
६. २०१३ मा नियुक्ति हुने शिक्षक/शिक्षिकाहरूको विभिन्न समस्याहरूलाई लिएर गहन चर्चा-परिचर्चा गरियो।
७. जीटीए क्षेत्रको प्रत्येक सीएलआरसी कार्यलयमा रिक्त रहेको ‘सी’ अनि ‘डी’ स्थानमा नियुक्त गरिने विषयमा पनि गहन परिचर्चा गरियो। शिक्षा विभागीय पक्षबाट नियुक्त सम्बन्धमा प्रयास गरिने।
८. डाइड-इन्-हार्नेस अनि भीआरएस केसहरू पनि सम्बन्धित विभागमा पठाइसकेको जानकारी गराउँदै सम्बन्धित विभागबाट केसहरू प्राप्त भएपछि नियुक्ति पत्र दिने जानकारी।
९. ‘बुक डे’मा पुस्तक वितरण गरिने, १९ फरवरी आइतबार परेको हुनाले २० फरवरी सोमबारको दिन मनाइने साथै यस दिन शिक्षक/शिक्षिकाहरूले प्रत्येक स्कूलमा ‘बुक डे’ पालन गरिने निर्देश विभागीय पक्षबाट गरियो।