दार्जीलिङ: सुकेपोखरीसमष्टिअन्तर्गत राङबाङ भ्यालीको देवी डाँडा गाउँमा हाम्रो पार्टीका अध्यक्ष अजय एडवाडर्स अजय एडवाडर्सले बाटो खन्ने कार्यको लागि गत केही दिन अघि जेसीबी पठाइदिएका छन्। अहिले देवी डाडा गाउँमा बाटोको खन्ने कार्य तीव्र रूपमा चलिरहेको समष्टिका सचिव अनुरूप शेर्पाले बताएका छन्l देवी डाँडा गाउँमा बाटो नभएको कारणले गर्दा स्थानीय मानिसहरूले धेरै प्रकारको समस्याहरू भोग्दै आइरहेको उनले बताएका छन्l गाउँ-घरमा बिमार हुँदा धेरै समस्याहरू हुने गरेको हुँदा बाटोको आवश्यकता परेको उनको भनाइ छl देवी डाँडादेखि मूल बाटोसम्म बाटो पुग्न सके स्थानीय बासिन्दाहरूलाई धेरै सुविधा हुने स्थानीय गाउँलेहरूले बताएका छन्। देवी डाडा गाउँका गाउँलेहरूले हाम्रो पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटिय, पार्टी अध्यक्ष अजय एडवाडर्स साथ क्षेत्रीय पार्टी कार्यकर्ताहरूप्रति आभार प्रकट गरेका छन्।