तीनधारेमा भईरहेको क्रिकेट टुर्नामेन्टमा कोपरा ईलेभेन च्याम्पियन

IMG-20230213-WA0227.jpg

तीनधारे: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा मामु ईलेभेन लालमाट्टीको अायोजनामा भईरहेको क्रिकेट टुर्नामेन्टमा कोपरा ईलेभेन च्याम्पियन बनेको छ। क्रिकेट टुर्नामेन्टको फाइनल खेल कोपरा ईलेभेन र १७ माइलमाझ खेल सम्पन्न भएको थियो। उक्त फाइनल खेलमा कोपरा ईलेभेनले टस जितेर पहिला ब्याटिङ्ग गर्दै निर्धारित १५ ओभरमा १५४ रनको लक्ष्य दिएको थियो। कोपरा इलेभेनको पक्षमा अनुराग लकान्द्रीले ४४ बलमा ९२ रन बनाएका थिए। १५४ रनको लक्ष्यलाई खेदो गर्दै १७ माइलले १११ रन मात्र बनाएकोले कोपरा ईलेभेन च्याम्पियन बनेका थिए। यस फाइनल खेलमा कोपरा ईलेभेनको अनुराग लकान्द्री म्यान अफ् द म्याच चयन भएका थिए। उनले नै टुर्नामेन्टभरि सर्वाधिक २२४रन बनाएकोले म्यान अफ् द सिरिज पनि चयन गरिएको छ। त्यसरी नै टुर्नामेन्टमा सर्वाधिक ११ विकेट लिने नरसाङ लामालाई सर्वाधिक विकेट लिने खेलाडीको रूपमा चयन गरियो भने बेस्ट विकेट किपरको रूपमा वाङ्दी लामालाई चयन गरियो अनि बेस्ट फेयर प्ले अवार्ड सिविटारको टिमलाई प्रदान गरिएको अायोजक समितिको पक्षमा सञ्जय पोर्तेलले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement