भागोपका नेतृत्वहरूसँग हाम्रो पार्टीको टोलीद्वारा भेटवार्ता

00-1-BGP-HP

दार्जीलिङ: भारतीय गोर्खा परिसंघ (भागोप)क अध्यक्ष प्रा० मूनिष तामाङ र महासचिव जोएल राईसँग हाम्रो पार्टीका अध्यक्ष अजय एडवाडर्सले गरेका छन्। अलग राज्य गोर्खाल्याण्डको विषयमाथि आयोजना गरिएको संगोष्ठीमा भाग लिन दिल्ली पुगेका अजय एडवाडर्सले भारतीय मुनिष तामाङ र जोएल राईसँग उनीहरूको वासस्थानमा भेट गरेका हुन्। यस अवधि हाम्रो अजय एडवाडर्ससँग पार्टीका प्रवक्ता श्याम गौतम, सभासद रूवेन दास प्रधान साथमा थिए।सो भेटवार्तामा अजय एडवाडर्सले भारतीय गोर्खाहरूको हितार्थमा भागोपको कार्यहरूको प्रशंसा गरेl   भागोपको शीर्ष नेतृत्वहरूबाट आफूहरूले धेरै शिक्षा लिनुपर्ने र आफूले अनुभव गरेको पनि अजय एडवाडर्सले बताए। भागोपले भारतीय गोर्खाहरूको जातिया परिचयको निम्ति गोर्खाल्याण्डको गठन अति नै जरूरी रहेको विषयलाई अजय एडवाडर्सले प्रशंसा गर्दै यो अति नै स्वागत योग्य विषय रहेको बताए। त्यसरी नै भागोपले तयार पारेको बुँदाहरूलाई पनि हाम्रो पार्टीले पूर्ण समर्थन जनाउने साथै भारतीय गोर्खाहरूको पक्षमा भागोपले उठाएको पाइलाहरूको हाम्रो पार्टीले मार्गदर्शनको रूपमा लिने अजय एडवाडर्सले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement