खरसाङ: नदी र खोलामा घाटहरू नखोलिएको विरोधमा ट्रकहरू आजदेखि की डाउनमा गएको छ। दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको सभापति मन्ना त्रिखत्रीले यस विषयमा पत्रकारहरूलाई सम्बोधन गर्दै विगत एक महिनादेखि खोलाको घाट बन्द छ र यस विषयमा हामीले जीटीए चिफ् र दार्जिलिङ जिल्ला शासकलाई पनि ज्ञापन दिएको तर अहिलेसम्म नखोलिएको अनि विगत ११ फरवरीको दिन पनि सिलगढीमा सभा बसे पनि विफल भएको बताए। उनले भने, हामीले हिज मात्रै ट्रक मालिक र ट्रक चालक संगठनले गिध्द पहाड़स्थित मुख्य कार्यालयमा सभा बसेर नदी र खेलाको घाट नखोलिएसम्म आजदेखि ट्रकहरूका की डाउनमा जाने निर्णय लिएको हो। मधेशको घाटहरू बन्द भए पनि जीटीए क्षेत्रको घाटहरू खोलिदिनु पर्ने मांग एसोसिएशनको रहेको छ। विशेष गरी मधेशको घाटहरू बन्द रहे पनि जीटीए क्षेत्रको घाटहरू जस्तै पैनाकुमारी, दुधे, जामुने जस्ता घाटहरू खोलिनु पर्ने हाम्रो मांग रहेको छ।” उनले अझ भने,”अाजदेखि सबै ट्रकहरू की डाउनमा गएको छ र आगामी बुधवारसम्म पनि हाम्रो मांगहरू पूरा नभए हामी आगामी बिहीबारको दिन दार्जिलिङ जिल्लापालको कार्यालय पुगेर जिल्लापाल र लालकोठी पुगेर जीटीए चिफलाई भेट्ने साथै ट्रकहरूको चाबी पनि बुझाउने निर्णय गरेका छौं। हामी पनि ट्रकहरू बन्द गर्ने पक्षमा छैनौं तर काम नभएर ट्रक मालिक र ट्रक चालकहरूलाई पनि धेरै असुविधा भएको छ। ट्रकको ईएमआई दिनु पर्ने हुन्छ तर काम नहुँदा ईएमआई तिर्नु कठिनाई परिरहेको छ।”