सेरि एः नापोली र युभेण्टस विजयी

photocollage_2023213193837.jpg

१३ फरवरीः इटालियन सेरि ए फूटबलमा अप्रतिरोध दगुरिरहेको नापोलीले लगातार म्याच जित्ने क्रमलाई जारी राख्यो। यसरी नै युभेण्टसले पनि आफ्नो म्याच जित्यो। आइतवार राति खेलिएको म्याचमा नापोलीले क्रेमोनिसलाई ३-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड डिएगो अर्मान्दो म्याराडोना स्टेडियममा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने नापोलीलाई खविचा ख्वारात्शखेलियाले २१औं मिनटमा पहिलो गोल दिलाए। त्यसपछि भिक्टोर ओसिमहेनले ६५औं र एलिफ एल्मासले ७९औं मिनटमा अझ दुई गोल गरी आफ्नो टीमलाई ३-०-ले जीत दिलाए। यस जीतपछि नापोलीले २२ वटा म्याचमा ५९ पोइण्टको साथ सेरि ए टेबलमा आफ्नो शीर्ष स्थानलाई अझ मजबूत बनायो। अहिले नापोलीसँग दोस्रो स्थानमा रहने इण्टर मिलानभन्दा १६ पोइण्ट अधिक रहेको छ। यसरी नै क्रेमोनिस ८ पोइण्ट लिएर २०औं स्थानमा रहेको छ। यसबीच युभेण्टसले फिओरेण्टिना विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ४४ प्रतिशत पोजेशनको साथ खेल्ने युभेण्टसबाट एड्रिएन रेबिओटले ३४औं मिनटमा गोल गरे। युभेण्टस अहिले २९ पोइण्टको साथ नवौं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement