पहिलो गोर्खे चेली महिला फूटबल टुर्नामेण्टः सोरेंग एफसी फाइनलमा

IMG_20230213_194357.jpg

१३ फरवरीः खरसाङ फूटबल एसोसिएसन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खे चेली महिला आमन्त्रणी नक् आउट फूटबल प्रतियोगितामा सिक्किमको सोरेंग एफसीले एकतर्फी जीतको साथ फाइनलमा स्थान बनायो। सोमवार चानमारी खेल मैदानमा खेलिएको दोस्रो सेमिफाइनल म्याचमा सोरेंग एफसी-ले जीपीएसए कुचबिहारलाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सिमरन गुरुङ एक्लैले ४ गोल गरिन्। यसबाहेक मुस्कान सुब्बाले २ गोल गरिन्। यसरी नै जीपीएसए कुचबिहारबाट एम खातुनले २ गोल गरिन्।

विजेता टीमकी सिमरन गुरुङलाई स्टार अव् द म्याच चयन गरियो। उनलाई आजका अतिथि मकैबारी टी स्टेटका प्रबन्धक सञ्जय दासको बाहुलीबाट पुरस्कार प्रदान गरियो। अब १५ फरवरीमा हुने फाइनलमा सोरेंग एफसी र एएसओएस कलकत्ताबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement